स्थानीय तहको निर्वाचनमा सबैको ध्यान भने चितवनको भरतपुर महानगरमा नै रहेको छ । पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनका तर्फ बाट प्रमुख पदकी उम्मेदवार रेनु दाहालले अग्रतालाई जोगाएरै राखेकी छिन् ।
अहिले सम्म भरतपुरको जम्मा ४९ हजार ५१६ मत गणना भईसकेको छ । उनले १८ हजार ७१३ मत प्राप्त गरेकी छन्। उनका निकट्तम प्रतिद्धन्दी एमालेका विजय सुवेदी १५ हजार ३७५ मत ल्याएका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७ हजार ३६५ मत प्राप्त गरेका छन्। उपमेयरमा भने गठबन्धनका चित्रसेन अधिकारी फराकिलो मतले अगाडि छन्। उनले २१ हजार २९३ मत ल्याएका छन् । उपमेयरमा राप्रपाकी हिमला गुरुङ्गले १२ हजार २४७ मत मात्र ल्याएकी छन्। वडा नम्बर ११ को मत गणना भइरहेको छ।