चन्द्रगढी । असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै झापामा खुकुलो बनाईएको छ । आज बसेको डीसीसीएमसीको बैठकले नागरिकको जन- जीवनलाई सहज बनाउन खाद्यन्न, हार्डवेयर, कृषि ,वीउ विजन, खुकुलो बनाइएको छ ।
डीसीसीएमसीको आज बसेको बैठकले खाद्यनन, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ ।हाट बजार , पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आह्वान समेत गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने , एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ ।यस्तै, सहकारीहरुलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य लाई रोक लगाएको छ ।मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।
त्यस्तै हार्डवेयर सम्बन्धी पसल विहान ६ बजेबाट १० बजेसम्म खुल्ला गर्न अनुमती दिएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा भने रोक लगाएको छ ।