धादिङ ५ जेठ । स्थानीय तह निर्वाचनको प्रचार प्रसार समयमा नेपाली कांग्रेस । नेकपा माओ वादी केन्द्रका कार्यकर्ताबिच झडप भएको थियो । उक्त झडपले कांग्रेसका नेता अस्पताल पुगे भने माओवादी हिरासत ।
कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी भुपेन्द्र श्रेष्ठसहित चार जना घाइते भएका थिए । चुनावको दिन टाउकोमा गम्भिर चोट लागेर अस्पतालमा उपचार गराइरहेका श्रेष्ठ एम्बुलेन्स चढेर मत गर्न मतदानस्थल पुगेका थिए ।
श्रेष्ठमाथि आक्रमण गर्ने माओवादीबाट वडाध्यक्षका प्रत्यासी लक्ष्मण रम्तेललाई मतदानलगत्तै प्रहरीले पक्राउ गर्यो
जिल्लाको नीलकण्ठ-६ को मत मरिणामले माओवादीलाई झड्का दियो । कारण मत परिणाम अस्पताल र हिरासतमा हुने दवैको बारबरी आयो । त्यसपछि बिहिबार गोलाप्रथा गर्दा अस्पतालमा रहेका भुपेन्द्रलाई राहत मिल्यो । उनले निर्वाचन जिते ।
गोला झिक्न रम्तेललाई प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगेको थियो भने श्रेष्ठको तर्फबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी रोहवर बसेका थिए ।