सुनसरी ५ जेठ । सुनसरीको रामधुनी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा र शंकललाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएकी हुन् ।
चौधरीले १३ हजार ३७२ मत ल्याएर नेपाली कांग्रेसका सुदिप अधिकारीलाई पराजित गरेका हुन् ।
अधिकारी ११ हजार ४०५ मत ल्याएर पराजित भएका हुन् । साथै उपमेयरमा निर्वाचित थापाले १२ हजार २२० मत ल्याउँदै कांग्रेसकी आशा कुमारी चौधरीलाई पराजित गरेकी हुन् ।
चौधरीले १० हजार ४९३ मत ल्याएकी छन् ।