पोखरा ।
नायक पल शाहको मुद्दाको अनुसन्धान कहाँ पुग्यो भन्ने चासो आम जनता र उनका प्रशंसकहरुलाई छ ।
इक नाबालिकामाथि जबरजस्ती गरेको अभियोग लागेपछि समातिएका पलको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको छ ।
उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलका अनुसार पलको मुद्धा अब अर्को हप्ता बिहीबार सुनुवाइ हुनेछ ।
आज सुनुवाईको तयारी गरिएको मुद्धा पलकै वकिल देवेन्द्रनाथ खनालले हटाएको र अर्को हप्ता फेरि सुनुवाइ गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।