काठमाडौं ५ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा (एकीकृत समाजवादी) दिउँसै बत्ती बालेर खोज्नुपर्ने स्थितिमा पुगेको बताएका छन् । माओवादी केन्द्र र कांग्रेसको घोडा बनेको एकीकृत समाजवादी दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको उनले दावी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा गठवन्धनले एमालेलाई केहि असर परेको भएपनि जनमतको हिसाबले एमालेले नहारेको दावी समेत नेता रिजालले गरेका छन् ।
‘नेकपा एमाले एक्लै लडेको हो । एमालेको अनुपातमा नेपाली कांग्रेस र माओवादी केन्द्रले एक्लै कति जितेका छन् र रु संख्याको हिसाब गर्ने हो भने पनि कांग्रेसले २६६ स्थान जितेको हो, अहिले ३ सय पुर्याउँछ, माओवादीवादीले १०५ सिट जितेको थियो, १२५ सिट पुर्याउला । तर उनीहरुले संसारै जितेका छैनन् । एमालेले कतिपय ठाउँमा उम्मेदवारी दिँदा भूलचुक भएको हुन सक्छ, स्थानीय तहमा जनमतको सम्मान नभएको पनि हुन सक्छ ।’
उनले नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा भनेका छन् , ,त्यो समीक्षाको विषय हो । तर प्रतिक्रियावादीको चौतर्फी घेराबन्दीका बीचमा केपी ओलीबाहेक विकल्प थिएन । ,