पोखरामा फलफुलमा बिषाधी प्रयोग गरेको भेटियो, संचालकलाई कारवाही हुने (भिडियो) — OSNepal

पोखरामा फलफुलमा बिषाधी प्रयोग गरेको भेटियो, संचालकलाई कारवाही हुने (भिडियो)

LC (KTM) June 13, 2021 0

पोखरा- पोखराको पृथ्वीचोकमा रहेको कृषि उपज बजार केन्द्रमा अनुगमन गरिएको छ । यस क्षेत्रमा फलफूलमा बिषाधी प्रयोग भएको र मानव स्वास्थ्य माथी खेलवाड गरेको भन्ने गोप्य सुचनाको आधारमा उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको खाद्य प्रविधि तथा गुण नियन्त्रणण डिभिजन कार्यालयका प्रमुख शिवजी बराल, जिल्ला प्रशासन र जिल्ला प्रहरीका प्रतिनिधि सहितको टोलीले बजार केन्द्रमा अनुगमन गरेको हो ।

अनुगमन कै क्रममा सुचनामा आएको भिडियो र तस्बिरमा भएको जस्तै दुरुस्तै मिल्ने बिषाधीको प्रयोग भएको पाईएको थियो । अनुगमनको क्रममा पसल कै अगाडी बिषाधी प्रयोग गर्ने सामान भेटिएपछी अनुगमन टोलीले पसलका संचालकसंग कुरा गर्दै जादा उनले केरा पकाउनको लागि आफुहरुले बाध्यताले यो प्रयोग गर्नु परेको बताएका छन् । पसलमा बिषाधी हाल्ने सामान भेटिए पनि खोल नभेटिएको हुनाले गर्दा देखाएन कस्तो प्रकारको बिषाधी प्रयोग गरिएको छ भन्ने अहिल्यै भन्न नसकिने कोइरालाले बताएका छन् । क्याल्सियम कार्बाइडलाई पानीमा घोलेर प्रयोग गर्दा केरा छिटो पाक्ने भएका कारण पनि सोही रसायन प्रयोग गरेको हुन सक्ने बिज्ञले समय नेपाल लाई बताएका छन् ।अनुगमनका क्रममा अखाद्य वस्तु प्रयोग गरेको भेटिएकाले अखाद्य बस्तु नियन्त्रणमा लिएर २४ घण्टाभित्र कार्यालयमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।

अनुगमनको क्रममा भेटिएको बिषाधीलाई ल्याभ प्रयोगशालामा पठाईने र प्रयोगशालाबाट के आउछ त्यसपछि थप जानकारी दिने प्रतिबद्ता व्यक्त गर्दै कोइरालाले कसैले पनि पैसा कमाउनको लागी कालोबजारी गर्न नहुने र गरेको थाहा भएमा आफुहरुलाई जानकारी गराउनुहुन समेत अनुरोध गरेका छन् ।बिदेशमाबाट प्रतिकिलो ५८ रुपैँयामा खरिद गरेर होलसेलमा १ सय ६७ र खुद्रामा ३ सय रुपैयाँ प्रतिकिलोमा बेचेको भेटिएको बताएका छन् ।हेर्नुहोस भिडियोमा कसरी मुदी छ मानवीय स्वास्थ्य माथि खेलवाड ,किन फलफूलमा बिषाधी प्रयोग गरिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर