वीरगञ्ज ५ जेठ । वीरगञ्ज महानगरपालिकामा जनता समाज पार्टी (जसपा) का राजेशमान सिंहले आफ्नो मतान्तर बढाएका छन् ।
मेयरका उम्मेदवार उनले नेकपा एमालेका विजयकुमार सरावगी भन्दा ८ हजार ३४५ मत बढी पाएका छन् ।
गठवन्धनको समर्थनमा उम्मेदवार बनेका सिंहले हालसम्म १७ हजार २ मत ल्याएका छन् भने सरावगीले ८ हजार ६५७ मत ल्याएका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरिश गिरीले ७७९ मत पाएका छन् ।
उममेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १२ हजार १४८ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का पुरुषोत्तमलाल झाले २ हजार ४८१ मत पाएका छन् ।