काठमाडौं ५ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर र पोखरामा गठवन्धन सफल भएको बताएका छन् ।
गठबन्धनलाई मिश्रित रूपमा विश्लेषण गर्नुपर्ने बताएका उनले विराटनगर र ललितपुर भने गठवन्धन सफल नभएको बताएका छन् ।
३० वर्षपछि इलाम नगरपालिका कांग्रेसले एक्लै नौवटा वडासहित विजयी भएको बताएका महामन्त्री शर्माले काठमाडौंको कीर्तिपुरमा पनि एक्लै जितेको बताएका छन् ।
‘कांग्रेसले ६३४ स्थानीय तहमा लडेको छ । तालमेल गरेको ठाउँ कम र नगरेको ठाउँ बढी छ ।’ उनले भने ।
अन्य, बाँकी स्थानमा नतिजा आउन बाँकी रहेको बताएका उनले गठवन्धन समग्र रुपमा सफल देखिएको बताएका छन् ।