नवलपरासी ५ जेठ । गठबन्धलाई हराउँदै नवलपरासीको सुनवल नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरकी उम्मेदवार विमला अर्याल १४ हजार ८३८ मतसहित विजयी भएकी हुन् ।
उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवेले १३ हजार ७९८ मत सहित विजय भएका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनको तर्फबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेल ११ हजार ६२० मत स हित पराजित भएका हुन् ।
पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् । उपमेयरमा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेल ८ हजार ८९० मत सहित पराजित भएका छन् ।
१३ वडा रहेको सुनवलमा एमालेले ७ वटा , कांग्रेसले ५ र माओवादी केन्द्रले १ वटा वडा किनेको छ ।