जनकपुरधाम ५ जेठ । धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याएर पराजित भएका हुन् ।
त्यसैगरी, उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन् । उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् ।उनका प्रतिद्धन्दी एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत सँगै पराजय भएकी हुन् ।