राजविराज ५ जेठ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो पटक जित हासिल गरेको छ । राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र अपाध्यक्षमा जनमत पार्टीले जित हासिल गरेको हो ।
अध्यक्षमा खेमचन्द्र यादवले २ हजार ९९४ मत सहित विषय हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत ल्याएका थिए ।
त्यसैगरी, उपाध्यक्षमा रेणु यादव २ हजार ६९० मत सहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ पाएर पराजित भएकी हुन् ।