फिल्म खेल्न चुजी देखिएका चक्लेटी नायक सलीमान बानिया अनलाईन गेमको भिडीयो अप्लोड गर्नमा ब्यस्त, यस्तो छ उनको युटुब च्यानल — OSNepal

फिल्म खेल्न चुजी देखिएका चक्लेटी नायक सलीमान बानिया अनलाईन गेमको भिडीयो अप्लोड गर्नमा ब्यस्त, यस्तो छ उनको युटुब च्यानल

LC (KTM) June 13, 2021 0

कोरोनाका महामारीले यतिबेला सबै क्षेत्र प्रभावित भएको छ । यतिबेला मनोरञ्जनको क्षेत्र पनि सुस्ताएको छ । नेपाली सिनेजगतका स्टारहरु अहिले काम नपाएपछि सामाजिक सञ्जालमा ब्यस्त देखिएका छन् ।

केही अभिनेत्रीहरु यतिबेला गर्भवती भएका छन् उनीहरु प्रेग्नेन्सीका कुराहरु आफ्नै युटुब मार्फत अपलोड गरिरहेका छन् । कोही भ्लग बनाउन ब्यस्त छन् त कोही खाना बनाउन । तर यतिबेला नेपाली सिनेजगतमा एकदमै संभावना बनाएर इन्ट्रि मारेका चक्लेटी नायक सलिनमान बानिया आफ्नै तालमा रमाईरहेका छन् ।

उनले खासै फिल्म खेलेका छैनन् । उनी चुजी हिरोको रुपमा देखिएका छन् । उनको डेब्यु फिल्म ए मेरो हजुर २ बाहेक उनले यात्रा फिल्ममा पनि अभिनय गरे त्यसपछि उनले फिल्म खेलेका छैनन् । फेशनमा निक्कै स्टाईलिस रहने यी सलिनमान भने आफ्नै युटुब च्यानल सलीन मान बानिया मा अनलाईन गेमको भिडीयो अप्लोड गर्नमै ब्यस्त देखिएका छन् ।

दोश्रो चलचित्र ‘यात्रा’मा उनी भ्लगरको भूमिकामा देखिए जस्तै उनी रियल लाईफमा पनि भ्लग बनाउन माहिर छन् । उनले अनलाईन गेमका अतिरिक्त बिभिन्न नयाँ ठाउँको बारेमा जानकारी मुलक भिडीयो समेत आफ्नो च्यानलमा अपलोड गर्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर