पोखरा, ५ जेठ :
पोखरा महानगरपालिकामा बल्ल एक तिहाइ गणना भएको छ । ३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भैसक्यो । यही गतिमा गणाना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ । तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार धनराज आचार्यले २ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन् । एमालेकी मन्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन् । उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन् ।