ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसले सुरुवात देखी नै अग्रता बनाई रहेको छ । कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रतालाई कायमै राखेका हुन् । ललितपुरकोे पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ६४६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत ल्याएका छन् ।
उनी एमालेका उम्मेद्धार व्यञ्जनकार भन्दा ६ हजार ५९५ मतले अघि देखिएका छन .यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १ हजार १ सय २० मत प्राप्त गरेका छन् ।उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् । उनले ७ हजार २७८ मत ल्याएकी छिन् भने हालसम्म नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ५ हजार ४०४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाकी स्वर्णिमा शाक्यले हालसम्म २०२१ मत प्राप्त गरेकी छिन् ।