रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मदिरा सेवन गरेर एमालेका वार्ड सदस्यले हो हाल्ला गरे पछि मत गणना कार्य केही बेर रोकिएको छ । वडा नं. ५ का वडा सदस्य उमेदवार मनिष कुमार अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केहीबेरका लागि मत गणना रोकिएको थियो । नसाको तालमा अधिकारीले सिल गरेर राखिएको मतपत्र रहेको कोठाको ढोका जबरजस्ती खोलेका थिए ।
हिजो बिहानदेखि सिल गरेर राखिएको मतपत्र सहितको कोठाको ढोका जबरजस्ती खोल्न लगाएर फोटो खिच्दै गरेको अन्य दलका प्रतिनिधिले देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तत्काल प्रहरीले उनलाई त्यहाँ बाट बाहिर लगेको छ ।