चितवन ४ जेठ । भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनको समर्थनमा मेयरको उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता बढाएकी छन् ।
आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई रेणुले १ हजार नौ सय ६ मतले पछाडी पारेकी हुन् । त्यसै गरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १२ हजार आठ सय ५८ मत सहित अगाडी परेका छन् । उनलाई पछयाउँदै राप्रपाकी हिमला गुरुङ आएकी छन् । उनले सात हजार एक सय ६६ मत पाएकी छन् ।