काठमाडौं ४ जेठ । सर्लाहीको बाग्मती नगरपालिकाको मेयरमा र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
मेयरका उम्मेदवार भरतकुमार थापा ११ हजार ३५७ मत पाएर निर्वाचित भएका हुन् । निर्वतमान मेयर थापाले प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’लाई हराएका हुन् । उनले ७ हजार ३६८ मत पाएका छन् ।
त्यसैगरी, उपप्रमुखमा पनि माओवादी उम्मेदवार मोक्तानले १० हजार ८७९ मत प्राप्त गरी विजयी प्राप्त गरेकी हुन् । उनका प्रतिद्धन्दी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइ हार व्यहोरेकी हुन् ।