स्याङ्जामा असार ७ गतेसम्म थपियो निषेधाज्ञा — OSNepal

स्याङ्जामा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

LC (KTM) June 13, 2021 0

स्याङ्जा, ३० जेठ – स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ ।

दुवै खुट्टा भाँचिएका बालकको उद्धार:- शनिबार माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका हुम्लाको सिमकोट गाउँपालिकाका ११ वर्षीय युद्ध शाहीको थप उपचार हुने भएको छ । आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयोग जुटाएर घाइते बालक शाहीको आज उद्धार गरिएको हो । बिरामी र कुरुवाका लागि हुम्लादेखि सुर्खेतसम्म लाग्ने हवाई भाडा सीता एयरलाइन्सले निःशुल्क व्यवस्था गरेको छ ।

घरमा आर्थिक अवस्था अति कम्जोर भएका बालकको उपचारमा ठाउँबाट सहयोग जुटाएर हवाइजहाज मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उठाइएको रकम उपचारबाट बचत भएमा बालकको पढाइमा खर्च गरिनेछ । चौध वर्षकी दिदीसँग बस्दै आएका शाहीका बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर