काठमाडौ ४ जेठ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार मत कटाएका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले १७ हजार ३१ मत कटाउँदा पाच दलको समर्थनमा मेयरको उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले ७ हजार ९ सय ४१ मत पाएकी छन् ।
अर्का, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने ८ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् । जुनको बालेनको भन्दा ८ हजार १ सय १५ मतले कम हो ।
यता उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।