काठमाडौ ४ जेठ । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेदवार दिएकी सुनिता डंगोलले आफ्नो मतान्तर बढाउने क्रम जारी रहेको छ ।
गठवन्धनको समर्थनबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठको भन्दा दोब्बर बढी मतले डंगोल अगाडी छन् ।
पछिल्लो मत परिणाम अनुसार डंगोलले १३ हजार ४ सय ८ मत पाएकी छन् । भने श्रेष्ठले ४ हजार १ सय १८ मत पाएका छन् ।