विराटनगर ४ जेठ । मोरङको लेटाङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनलाई हराएर लेटाङ नगरपालिकामा एमालेले विजयी गरेको हो ।
एमालेका भुपेन्द्रकुमार लावती १० हजार २२७ मत स हित विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । ढकालले ८ हजार १०५ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकी कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् । उनले ९ हजार ४६० मत ल्याएकी छन् । यता माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद लम्साल उपमेयरमा ४ हजार ९०५ मत ल्याई पराजित भएका छन् ।