के प्रेमी युद्ध बानियाका कारण कांग्रेसतिर झुकाव राख्न थालेकी हुन् पूजाले ? लेखिन् देउवाको बचाउमा यस्तो स्टाटस — OSNepal

के प्रेमी युद्ध बानियाका कारण कांग्रेसतिर झुकाव राख्न थालेकी हुन् पूजाले ? लेखिन् देउवाको बचाउमा यस्तो स्टाटस

LC (KTM) May 18, 2022 0

काठमाडौं :

नायिका पुजा शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउमा स्टाटस लेखेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा देउवाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले देउवाको बचाउमा स्टास लेखेकी छन् । उनले स्टाटसमा कुनै राजनीतिक कोणबाट नभइ मानवीय पक्षलाई समातेकी छन् । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटा कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । ओलीसँग फोटोसमेत खिचाएकी थिइन् ।

त्यसबेला पूजा एमालेमा जान लागेको चर्चासमेत चल्यो जसलाई उनले खण्डन गरेकी थिइन् । यद्यपी निकटस्थहरूका अनुसार पछिल्लो समय पूजा नेपाली कांग्रेसतिर ढल्किएकी छन् । यसको कारण हो उनका प्रेमी युद्ध बानिया कांग्रेस समर्थक हुनु । पूजाले देउवाको बचाउमा स्टाटस लेख्नुको उद्देश्य पनि प्रेमीलाई खुसी पार्न हुन सक्ने आँकलन गरिएको छ ।

यस्तो छ पूजाले लेखेको स्टाटस

‘देउवाज्यू बेचैनीमा रहेको भिडिओहरू भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस वेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । बिचरा देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पूरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाई कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर