इलाम ४ जेठ । इलाम नगरपालिकामा नेपाली कांग्रेसले ३ दशक पछि आफ्नो विरासत फर्काएको छ ।
नगरपालिका प्रमुखमा कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १ सय १५ मत पाएका छन् ।
१० हजार ५ सय ८७ मत ल्याएका प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङलाई थापाले हराएका हुन् । उपमेयरमा पनि कांग्रेकस्.ी
विष्णु दाहालले १३ हजार ५ सय ४२ मत सहित विजयी भएकी छन् । उनले १० हजार ८८ मत ल्याएकी नेकपा एमालेकी सीतादेवी रिजाललाई हराएकी हुन् ।
२०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । १३ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष समेत जितेको छ ।