भारी वर्षासँगै आएको हुरीका कारण १० को मृ त्यु — OSNepal

भारी वर्षासँगै आएको हुरीका कारण १० को मृ त्यु

LC (KTM) June 13, 2021 0

इस्लामाबाद, ३० जेठ – पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्या न गएको छ ।खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृ त्यु भएको हो । खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् । मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए ।यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृ त्यु भएको जियो न्यूजले जनाएको छ ।

बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ । हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ । पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पिडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत् राहत दिइने खानले बताउनुभयो ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर