चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेद्धार बिजय सुबेदी बीच कडा टक्कर हुदै आएको थियो । तर पछिल्लो मत परिणाम अनुसार रेनुले अग्रता बढाउँदै लगेकी छन् । उनले आठ हजार ३१६ मत प्राप्त गर्दा एमालेका सुबेदीले सात हजार ४६८ मत ल्याएका छन् । उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएर अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले तीन हजार ८७६ मत प्राप्त गरेका छन् । चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दल र नेकपा एमालेका सुवेदीलाई राप्रपाको समर्थन रहेको छ । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले नौ हजार ९८४ ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ६ हजार १५६ मत पाएकी छन् ।