जम्लाको तातोपानी अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी — OSNepal

जम्लाको तातोपानी अध्यक्षमा कांग्रेसका चौलागाईं विजयी

LC (KTM) May 17, 2022 0

जुम्ला, ३ जेठ :

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजय भएका छन् । उनी नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजय भएका हुन् ।

उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् ।

नेकपा एमालेका सुरतबहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् ।

उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् । तातोपानीमा स्थानीय तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर