काठमाडौं ३ जेठ । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले वाजी मारेको छ ।
एकीकृत समाजवादीका बालकृष्ण आचार्यले ८ हजार ७०६ मत ल्याउँदै विजयी भएका हुन् । उनी उक्त नगरपालीकाको निर्वतमान मेयर समेत हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याएर हार व्यहोरेका छन् ।
यसैगरी, धुनीबेंसीको उपमेयरमा भने नेपाली कांग्रेसका सुरज उप्रेतीले ८ हजार ३८७ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० ल्याएर पराजय भएकी हुन् ।