धनुषा ३ जेठ । धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नै नेकपा एमालेले विजय हासिल गरेको छ ।
एमालेबाट मेयर पदका उम्मेदवार वेचन दास तत्मा ४ हजार ४१२ मत ल्याई आफ्ना प्रतिद्धन्दी एकीकृत समाजवादीका राज किशोर यादव लाई पराजित गरेका हुन् ।
यादवले ३ हजार ४२६ मत मात्र पाएका थिए । त्यसैगरी नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याई एकीकृत समाजवादीकी सञ्जना अधिकारी लाई हराएकी हुन् ।
अधिकारीले भने , २ हजार ८७० र नेपाली कांग्रेसकी सिमा कुमारी महतोले २ हजार ७ सय ८६ मत ल्याएकी थिइन् । साथै , मेयरमा स्वतन्त्त उम्मेदवार दिएका गोविन्द कुमार साहले १ हजार ६४३ मत ल्याएका थिए ।