दाङ ३ जेठ । दाङको राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार प्रकाश विष्टले आफ्ना उम्मेदवार नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।
पोखरेलले ५ हजार ७०० मत ल्याएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत ल्याएर पराजय भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन् । चौधरी ६ हजार ६७४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत र जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत पाएर र प राजित भएका हुन् ।
गएको निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।