काठमाडौं ।
नायिका सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’ सहभागी हुनका लागि फ्रान्स जाने तयारीमा छिन् ।
मंगलबारबाट फ्रान्समा सुरु हुन लागेको ‘कान्स फिल्म फेस्टिभल २०२२’ मा सहभागिता जनाउनका लागि नायिका पन्त मंगलबारनै फ्रान्स उड्दैछिन् । फेष्टिभलमा उनी अन्तराष्ट्रिय फिल्म ‘द एट माउन्टेन’ को तर्फबाट सहभागी हुन लागेकी हुन् ।
यो फिल्मको एक पत्रमा उनले पनि अभिनय गरेकी छन् । आँफु कान्समा सहभागिता जनाउनका लागि त्यस तर्फ जान लागेको कुरा सामाजिक संजालका माध्यमबाट उल्लेख गर्दै नायिका पन्तले भनेकी छिन् ‘केही समय अगाडि एउटा अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो ।
‘द एट माउन्टेन’ जसको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त फिल्म कान्स फिल्म फेष्टिभलमा छानिएसँगै निमन्त्रणा आएको छ, जाँदैछु ।’ ‘द एट माउन्टेन’ फिल्मको प्रिमिएर ४ जेठमा आयोजना हुँद्यैछ ।