पोखरा ३ जेठ । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो आग्रता कायम नै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार आचार्यले ८ हजार ५६३ मत पाएका छन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित आफ्नो अग्रता कायमै राखेकी छन् ।
उनका एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २७१ मत ल्याएकी छन् । अहिले सम्म २० हजार ६६० मत गणना भइसकेको छ ।