गोरखा, ३ जेठ :
गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।
घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् । घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए । त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे । अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।