बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले जित हाँसिल गरेको छ । जनमोर्चाका कृष्णप्रसाद शर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन् । गठबन्धनका साझा उम्मेदवार रहेका शर्माले तीन हजार ६०१ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरे ।गाउँपालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसका दिलिप कुमार पुन तीन हजार ६८२ मत सहित उपाध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरिन् । गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन, वडा नम्बर २ को अध्यक्षमा हिराबहादुर घर्ती , वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री, वडा नम्बर ४ मा नेपाली कांग्रेसका किसनबहादुर खत्री, वडा नम्बर ५ मा नेपाली कांग्रेसका अमरबहादुर शेरवुजा बिजयी भएका छन् ।