गठबन्धनलाई तोड्दै स्थानीय तहको निर्वाचन अन्र्तगत ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमालेले बाजी मारेको छ । काँग्रेसका प्रतिद्वन्द्वीलाई हराउँदै एमालेका दिपेन पोमु अध्यक्षमा निर्वाचित भएका छन् । उनले ३ हजार ३६ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्धन्दी तथा गठबन्धनका तर्फ बाट अध्यक्षको उम्मेद्धार रहेका काँग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५२६ मत मात्र प्राप्त गरे ।
यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।