एमालेले आफ्नो गढ मानेको ८ वटा वार्डमा बालेनकै अग्रता , स्थापितले आफ्नै वडाअध्यक्षको जति पनि मत पाएनन् — OSNepal

एमालेले आफ्नो गढ मानेको ८ वटा वार्डमा बालेनकै अग्रता , स्थापितले आफ्नै वडाअध्यक्षको जति पनि मत पाएनन्

LC (KTM) May 16, 2022 0

यतिबेला सबैको चासोको बिषय बनेको छ काठमाडौं महानगरपालिकाको मत परिणाम । अहिले सम्मको अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै एमालेका तर्फ बाट मेयरका उम्मेद्धार केशब स्थापित भन्दा अग्रता कायमै राखेका छन् । उसो त एमालेका उम्मेद्धार स्थापितले आफु जित्ने दाबी अझै पनि गरिरहेका छन् । अहिले सम्म बालेनले ८ वटा वडामा स्थापितलाई पछारि रहेका छन् ।

काठमाण्डौको १ र २ को मत गणना सम्पन्न भईसकेको छ । यी दुई वडामा पनि स्थापितको भन्दा बालेनले मत धेरै ल्याए । वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगि रहेका छन् । वडा नं १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत ल्याएकी छिन् ।

वडा नम्बर १ मा दोब्बर मत नै ल्याए बालेनले स्थापितको भन्दा । त्यस्तै वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत ल्याईन् । दुबै वडामा बालेन फराकिलो मतअन्तरले अघि देखिएका छन् । यी वडामा भने अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत पाएका छन् ।

स्थापित मात्र हैन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी गठबन्धनका तर्फ बाट कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएकी छन् । आज मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा पनि बालेन नै अगाडी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर