ओखलढुंगा २ जेठ । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ मा मतपत्र च्यातिएको छ ।
उक्त गाउँपालिका ३ को गणनाको क्रममा वडाध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा मतपत्र च्यातिएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ ।
माओवादी र कांग्रेसकै वडाध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका हुन् ।
पालिकामा भने गठबन्धन विजयी भइसकेको छ ।