वीरगञ्ज २ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले आफ्नो मतान्तर बडाउँदै लगेका छन् ।
गठवन्धनको समर्थनमा उम्मेदवार दिएका सिंहले नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी पछाडि पार्दै आफ्नो मतान्तर बढाएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार सिंहले ५ हजार १३२ मत पाएका छन् । एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । यता राप्रपाका गिरिश गिरीले मात्र १५३ मत पाएका छन् । सिंहले सरावगी लाई २ हजार ८२६ मतान्तरले पछाडि पारेका छन् ।
उप्रमुखमा पनि गठवन्धनकै नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार ३५९ मत ल्याउँदै अग्रता लिएका छन् । त्यसै गरी, लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ५४९ मत पाएका छन् ।