चितवन २ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पदमा केहि समयको अन्तराल पछि सत्ता गठवन्धनले अग्रता लिएको छ ।
गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी निर्वतमान नेकपा माओवादी केन्द्रकी रेनु दाहालले पुन अग्रता लिएकी हुन् ।
पछिल्लो मत परिणाम अनुसार रेणुले पाँच हजार ३९ मत पाएकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदीले पाँच हजार २७ मत पाएका छन् ।
त्यसैगरी, कांग्रेसबाट निष्काशित स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।