काठमाडौं २ जेठ । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेदवार माधवप्रसाद अर्यालले ३ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्साल पराजित गरेका हुन् । लम्सालले ३ हजार १३४ मत ल्याएका थिए ।
साथै, गाउँपालिको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार चमेली गुरुङले ३ हजार १३४ मत ल्याउँदै जित हासिल गरेकी हुन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार सुनितामाया गुरुङ हराएकी हुन् । गुरुङले २ हजार ४५२ मत ल्याएकी छन् ।