झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा माओबादी केन्द्रले जित हाँसिल गरेको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हंशधर राजवंशी पुनः वडा नम्बर ४ मा निर्वाचित भएका हुन् । राजवंशीले १२६६ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुले ९३५ मत ल्याएका छन् । राजशंशीले लिम्बु लाई ३३१ मतान्तरले पराजित गरेका हुन् । राप्रपाका दिननाथ रिजालले ५६५ मत ल्याए ।
त्यस्तै वडा सदस्यमा एमालेका माधव प्रसाद अधिकारी ९४२, अर्जुन बानिया ८९८, दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मत ल्याएका छन् । महिला सदस्यमा माओवादीका सविता पुरी १०२० मत ल्याई विजयी भएकी छिन् । काँग्रेस र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेका माओवादीले वडा नम्बर ४ बाट वडा अध्यक्षका उम्मेदवार लिएका थिए ।