घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित — OSNepal

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित

LC (KTM) May 16, 2022 0

तनहुँ, २ जेठ-तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित भए । कुमालले तीन हजार ५५४ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी भएकी छन् । उनले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गरिन् । अधिकारीले चार हजार ४८१ र थापाले दुई हजार ७४७ मत पाएका छन्।

घिरिङमा शुक्रबार भएको मतदानमा ५९.४० प्रतिशत मत खसेको थियो । १४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियाे ।

वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भए । घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रवीचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे ।

घिरिङ-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापाले ८४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४५५ मत पाए । वडा नम्बर ४ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी हुँदा निकटम प्रतिष्पर्धी कांग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका विष्णुवीर आले ८९० मत ल्याएर विजयी हुँदा एमालेका जसमान थापाले ७८७ मत पाए । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले यिनै दुई वडा जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर