बलिउडले महेश बाबुलाई किन खर्च गर्न सक्दैन ?जान्नुहोस् उनको पारिश्रमिक र कुल सम्पत्ति कति छ — OSNepal

बलिउडले महेश बाबुलाई किन खर्च गर्न सक्दैन ?जान्नुहोस् उनको पारिश्रमिक र कुल सम्पत्ति कति छ

LC (KTM) May 16, 2022 0

केही समययता साउथका सुपरस्टार महेश बाबु आफ्नो एउटा भनाइलाई लिएर निकै चर्चामा छन्, ‘बलिउडले उनलाई खर्च गर्न सक्दैन’ । आज हामी तपाईलाई बताउन गइरहेका छौँ किन सक्दैन ? लामो समयदेखि बलिउड र ट्रलिउडमा फिल्म र भाषालाई लिएर शीतयुद्ध चलिरहेको छ । दुबै तर्फबाट जवाफी हमला हुने गरेको छ । यसैबीच साउथका सुपरस्टार महेश बाबुको आम्दानीको कुरा बाहिर आयो, त्यसपछि यो युद्ध चर्कियो । महेशले आफ्नो बयानमा ‘बलिउडले उनलाई खर्च गर्न नसक्ने’ भनेका थिए । तर, अभिनेताको भनाइलाई सबैका अगाडि गलत ढंगले राखिएको भन्दै उनको टोलीले स्पष्टीकरण दिएको छ ।

महेश बाबुको जन्म ९ अगस्ट १९७५ मा मद्रासमा भएको थियो । उनी एक तेलुगु परिवारबाट रहेका छन् । उनका पिताको नाम कृष्ण थियो। उनी साउथका चर्चित अभिनेता पनि थिए, त्यसैले उनले आफ्नो बुबाबाट अभिनयको गुणस्तर पाएका थिए । यस्तो अवस्थामा उनी फिल्मतर्फ आकर्षित हुन थाले र आज सुपरस्टार बने । उनको बुवा आफ्नो फिल्मको सुटिङमा निक्कै ब्यस्त रहने भएकाले महेश धेरैजसो हजुरबा हजुरआमासँगै बस्ने गर्थे । पढाइ सकेपछि महेशले चार महिना अभिनयको तालिम लिए । जब उनी उद्योगमा प्रवेश गरे, उनी तेलुगु पढ्न र लेख्न सक्दैन थिए ।

त्यसैले करियरको शुरुवातमा उनले फिल्मका संवादहरू सम्झनु परेको थियो । महेश बाबुले ४ वर्षको उमेरदेखि नै अभिनय सुरु गरेका थिए । सुरुमा उनले बाल कलाकारको रुपमा ८ वटा चलचित्रमा काम गरे । यसपछि सन् १९९९ मा फिल्म ‘राजा कुमारुडु’ बाट उनले नायकको रुपमा करियर सुरु गरे । आफ्नो लामो करियरमा महेशले अहिलेसम्म २५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् र विशेष कुरा के छ भने उनका हरेक फिल्म सुपरहिट साबित भएका छन् । आजसम्म उनको नाम साउथका सुपरस्टारको सूचीमा शीर्ष अभिनेताको रुपमा रहेको छ । अहिले बलिउडले महेश बाबुलाई किन खर्च गर्न नसक्ने भन्ने कुराको चर्चा भइरहेको छ भने यसअघि उनले एउटा फिल्मका लागि ५५ करोड लिने गर्थे ।

समय बदलियो र मुद्रास्फीति बढ्यो, त्यसैले अभिनेताले आफ्नो पारिश्रमिक पनि अलिकति बढाए र अहिले आफ्नो एउटा फिल्मको ८० करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । यो साँच्चै ठूलो रकम हो। सायद त्यही भएर उनले यो बयान जारी गरेका हुन् तर बलिउडको अफोर्डको कुरा गर्ने हो भने अक्षय कुमारलाई ‘बेल बटम’का लागि करिब ११७ करोड पारिश्रमिक दिइएको बताइएको छ । यति मात्र होइन, आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि १५० करोड भारु लिएका छन् भने अजय देवगनले फिल्म ‘भुज’का लागि ६० करोडदेखि १२५ करोडसम्म पारिश्रमिक लिएका छन् ।

यसको मतलब यी सबै शीर्ष कलाकारले महेश बाबुभन्दा बढी पारिश्रमिक लिइरहेका छन्, । सायद साउथका सुपरस्टारहरूलाई यो थाहा नहुन सक्छ । खैर, अगाडि बढौं र अभिनेताको नेट वर्थको बारेमा कुरा गरौं, महेश बाबु धेरै विलासी जीवन बिताउँछन्। समाचार अनुसार उनको कुल सम्पत्ति १४९ करोड रुपैयाँ रहेको बताइएको छ । उनको मासिक आम्दानीको कुरा गर्ने हो भने २ करोडको हाराहारीमा छ ।

यसबाहेक उनले विज्ञापनबाट पनि मनग्य आम्दानी गर्छन् । उनले आफ्नो आम्दानीको ३० प्रतिशत परोपकारमा दान गर्ने गरेको बताइएको छ । जहाँसम्म महेश बाबुको पर्सनल लाइफको कुरा छ, त्यसमा पनि उनी निकै चर्चामा छन् । उनले फिल्म ‘वाम्सी’ को सुटिङका क्रममा सह–अभिनेत्री नम्रता शिरोदारसँग डेट गर्न थाले र ४ वर्ष एकअर्कालाई डेट गरेपछि २००५ मा विवाह गरे । उनीहरुको हाल एक छोरी सितारा र एक छोरा गौतम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर