काठमाडौँ ३० जेठ । सरकारका लुम्बिनी प्रदेश प्रमुखधर्मनाथ यादवले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ / ७९ नीति तथा कार्यक्रम आज आइतबार बहुमतले पारित भएको छ । जेठ २५ गते प्रस्ताव भएको उक्त कार्यक्रम आज सभामुख पूर्ण बहादुर घर्तीले पारित भएको जनाएका हुन् ।
सरकारको विपक्षमा रहेको विपक्षस्दmहरुले समर्थन नगरेपनि सरकारको योजना पास भएको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए । आज मात्रै जनता समाजवादी पार्टी विपक्षमा मतदान गर्न ह्रिप जारी गरेको थियो ।
कोभिड–१९ को महामारी नियन्त्रण, व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम ल्याएको छ ।