सबैको चासो र चिन्ताको बिषय बनेको स्थानीय तहको निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । महानगरको वडा नम्बर २ मा मुचुल्कामा भन्दा कम मत भेटिए संगै मतगणना कार्य रोकिएको हो ।मुचुल्कामा भन्दा ३० मत कम पाए पछि मतगणना कार्य रोकिएको दलका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदी बिच कडा प्रतिष्पर्धा भईरहेको छ । पछिल्लो २ वटा वडाको मतगणना सम्पन्न भईसक्दाको अवस्थामा रेनु दाहाल निकट्तम प्रतिद्धन्दी सुबेदी भन्दा ३ मतले मात्रै अगाडी रहेकी थिईन् । मतपत्र कम भएको बिषयमा अनुषन्धान चलिरहेको छ ।