काठमाडौं, २ जेठ ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन् ।
उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।
त्यस्तै सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडी देखिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेबाट मेयरका उम्मेदवार विनयकुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गरेका छन् ।
यसैगरि जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरेका छन् । राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रबाट मेयरका उम्मेदवारहरूले क्रमशः ३२ र १९ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गरेका छन् । लोसपाबाट उपमेयरका उम्मेदवारले ७० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरेका छन् । अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ ।
अहिलेसम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्बर १ मा ५ सय ४८ मत सहित वडाध्यक्षमा विजयी भएका थिए ।
२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द विश्वासले दुहबी वडा नम्बर २ मा २ सय ८३ मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन् ।
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्बर ३ मा ५ सय ४० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेकपा एमालेबाटै ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छन् । २०७४ सालको स्थानीय चुनावमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्बर १२ मा ९ सय ९० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोस्रो स्थानमा छन् ।