चितवन १ जेठ । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु भएको छ । मत सदर र बदर गर्ने विषयमा सहमति भएपछि १५ मिनेट रोकिएको मत गणना सुचारु भएको हो ।
सूर्य चिह्नमा अलिकति छाप देखिएको मत मतगणना अधिकारीले बदर भनेपछि एमाले प्रतिनिधिले असहमति जनाउँदै विरोध गरेका थिए ।
स्वस्तिक छाप क्लियर नभएका र छापको बढि भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमतिपछि रोकिएको गणना सुचारू भएको हो ।