भारतबाट फर्किएकालाई सीमा नाकामा निःशुल्क खाजा खुवाउँदै — OSNepal

भारतबाट फर्किएकालाई सीमा नाकामा निःशुल्क खाजा खुवाउँदै

LC (KTM) June 13, 2021 0

कञ्चनपुर, ३० जेठ- पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ तीन साताको अवधिमै केद्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पु¥याइएपछि खाजा खुवाइने गरिएको छ । खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ः०० बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ । “कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ”, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भन्नुभयो, “त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।”

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताउनुभयो । डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर