पोखरा-पोखरा महानगरमा एकीकृत समाजवादीलाई अग्रता लिएको छ । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । । महानगरपालिको १ र १२ नम्बरको मतगणना हुँदा आचार्यले ७७ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७४ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६० मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५९ मत ल्याएकी हुन् ।