काठमाडौं ३१ वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले आफ्नो अग्रता कायमै राखेकी छन् ।
हाल काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार डंगोलले ३९५ मत ल्याउँदै आफ्ना प्रतिद्धन्दीलाई धेरै मतान्तरले पछि पारेकी छन् ।
गठवन्धन दलको समर्थनमा उम्मेदवार दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मात्र ४१ मत पाएका छन् ।
राप्रपाकी विनिता मगैयाले भने ८५ मत पाएकी छन् ।